शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसिड पीडित अनमोल रोड्रिग्वेज नयाँ वर्ष मनाउन नेपालमाः लेखिन्, ‘नेपालमा हाम्रो स्वागत गर्नुहोस्’

शुक्रबार, १८ पुस २०७६, १३ : ०२
शुक्रबार, १८ पुस २०७६

भारतकी एसिड पीडित अनमोल रोड्रिग्वेज नयाँ वर्ष २०२० मनाउन नेपालमा आएकी छिन् ।

रोड्रिग्वेजले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सो कुरा जानकारी दिएकी हुन् ।

तीन दिन अघि उनले एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘नेपालमा हाम्रो स्वागत गर्नुहोस् ।’

उनले पोखरा, पाल्पा, सौराहालगायतका स्थानमा घुमेको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

यसका साथै उनले एउटा प्लेटमा मोःमो लिएर यसलाई नेपालको सबैभन्दा चर्चित खाना बताएकी छिन् । साथै, उनले दाल भातलाई पनि सबैभन्दा चर्चित खाना बताएकी छिन् ।

यससँगै उनले एउटा गुम्बाको भ्रमण गरेको तस्बिर पोष्ट गर्दै गौतम बुद्धको उपदेशलाई क्याप्सनको रुपमा प्रयोग गरेकी छिन् । उनले लेखेकी छिन्, ‘ दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ । ’

उनको इन्स्टाग्राम अकाउन्टलाई केलाउँदा अहिले पनि उनी नेपालमा नै छिन् भन्ने भान हुन्छ । किनभने उनले १५ घण्टा अघि मात्रै सौराहा डायरिज भन्दै फोटो पोष्ट गरेकी छिन् ।

को हुन् अनमोल रोड्रिग्वेज ?

अनमोल रोड्रिग्वेज दुई वर्षकी मात्रै थिइन् जब उनलाई आफ्नै पिताले एसिड खन्याए ।

उक्त भयानक आक्रमणमा उनलाई दुध चुसाइरहेकी उनकी आमाको मृत्यु भयो ।

अहिले २३ वर्ष पुगेकी उनी आफूजस्तै थुप्रै महिलाका लागि प्रेरणा बनेकी छिन् ।

उनका बुवाले उनी र उनका आमामाथि एक ‘क्यान’ एसिड खन्याउँदा उनी दुई महिनाकी मात्र थिइन् । उनी आमाको काखमा लट्पट्एिर दुध पिइरहेकी थिइन् । एसिडले उनको सानो अनुहार पगालेको थियो । एसिडले उनका बायाँ आँखाको ज्योति खोस्यो ।

एसिडमार्फत् आक्रमण गर्नुको मुख्य उद्देश्य छोरी जन्माउने आमा र बच्चाबाट मुक्ति पाउनु थियो ।

अनमोल अहिले आफूलाई संसारकै खुसी व्यक्तिको रुपमा चिनाउँछिन् । उनले आफूलाई एक फेसनिस्टा बताउँछिन् । उनी तालिमप्राप्त साल्सा डान्सर हुन् र अनलाइन युथ च्यानलका लागि कलम चलाउँछिन् ।

उनले एसिड आक्रमणमा परेकाहरुलाई साहस फाउन्डेशन नामको एनजिओमार्फत् सहयोग गर्छिन् । उक्त एनजिओमार्फत् उनले त्यस्ता २० महिलालाई जागिर दिलाउन सहयोग गरेकी छिन् ।

अनमोलले भनिन्, ‘मेरो जीवन जस्तो छ त्यसमा म खुसी छु । म भिन्न छु भनेर अहिलेसम्म पनि महसुस भएको छैन ।’

‘मैले आफूलाई निकै खुसी भएर स्विकारेकी छु, यसले मलाई आशावादी र आत्मविश्वासी बनाएको छ जसका कारण म जीवनमा अघि बढिरहनु सक्छु ।’

आक्रमणपछि उनका बुवा असरफले उनलाई ‘मर्नको लागि छोडेको’ र छिमेकीले उनी र उनकी आमालाई अस्पताल पुर्याएका थिए । उनकी आमा अन्नुको अस्पतालमा मृत्यु भयो भने उनी भने पाँच वर्षसम्म डाक्टर र नर्सको निगरानीमा बसिन् ।

जब उनका घाउ केही मात्रामा ठिक भए तब उनलाई श्री मानव सेवा संघको जिम्मा लगाइयो । उनी त्यहाँ नै हुर्किइन्, बढिन् र पढिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप