मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

आइतबार, २० पुस २०७६, १७ : २३
आइतबार, २० पुस २०७६

काठमाडौं । पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ । आफ्नै कार्यकक्षमा आज अन्तरसंवाद कार्यक्रम  गरी नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिए । 

दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उनले बितेका पाँच महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए ।  

कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, पत्रकार राजन कार्कीलगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताए । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले काश्मिरीहरूको आत्मनिर्णयको अधिकार दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप