थली घटना : छोरा घाइते अवस्थामा फेला, छोरीसँग सोधपुछ
मङ्गलबार, ०८ जेठ २०८१, १४ : ०१
काठमाडौँ । काठमाडौँको थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका एक छोरा पनि घाइते अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले ललितपुरको चाल्नाखेलबाट २१ वर्षीय रिचेनलाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिए । यस्तै २९ वर्षीया छोरीलाई पनि प्रहरीले राजधानीको सेतो पुलमा फेला परेको छ । उनसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
प्रहरीका अनुसार मृतक नगरकोटी सेतोपुलमा ट्याक्सी बिग्रिएपछि बनाउने मिस्त्री खोज्न भनेर सोमबार दिउँसो हिँडेका थिए । तर, उनी एकाएक गएराति थलीमा मृत्यु भेटिएपछि खोजतलासका क्रममा छोरा पनि घाइते अवस्थामा भेटिएका हुन् । छोरोको घाँटीमा चोट देखिएको छ भने मृतक बाबुको पनि घाँटीमै चोट देखिएको छ ।
प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण