इराकस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण : नेपाली सेनाद्वारा सुरक्षा सतर्कता अपनाउन निर्देशन
बुधबार, २३ पुस २०७६, १८ : ३७

काठमाडौँ । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आक्रमणपछि नेपाली सेनाले शान्ति स्थापनार्थ यूएन मिशनहरुमा तैनाथ आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्तिमार्फत उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जानकारी गराएको छ ।
सेनाले ईराकमा तैनाथ गार्ड युनिट लगायत युएनआईएफआईएल मिशन लेवनान, युएनडीओएफ मिशन र सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाईसमेत विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस
-
ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या