महँगीले एक छाक कटाउनै मुस्किल, चाडपर्व कसरी मनाउने ?
हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ ।
हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि भने ठूलो चुनौतीका रूपमा देखिने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि सर्वसाधारणलाई चाडपर्व मनाउन मुस्किल हुन थालेको हो ।
नियमक निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीले मनपरी सर्वसाधारणबाट मूल्य असुल्दै आएको उपभोक्ताको गुनासो छ ।
रामेछाप घरभई हाल अनामनगर बस्दै आएकी अम्बिका मगर माघेसंक्रान्तिका लागि तरुलको मूल्य सोध्दा लामो सास फेर्दै भन्छिन्, ‘उफ ! कति साह्रो महँगी बढेको हो ? किनेर खान नसकिने भयो ।’ विगतमा प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाउने तरुलको मूल्य अहिले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा सम्म पुगेको उनी बताउँछिन् ।
दिन प्रतिदिन बढ्दै गएको महँगीले बिहान बेलुका एक छाक कटाउनसमेत मुस्किल हुन थालेको छ । ‘चाडपर्व कसरी मनाउने ? महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउन सकिएको छैन, चिन्ता बढ्न थालेको छ,’ उनले भनिन् । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण