फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
सारांश
- आँपलाई 'फलहरूको राजा' मानिन्छ, जसमा उच्च क्यालोरी र प्राकृतिक चिनी भए पनि तौल नियन्त्रणमा मद्दत गर्छ।
- आँपमा प्रोटिन, फाइबर, भिटामिन सी र ए प्रशस्त पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता, आँखा र छालाको स्वास्थ्य सुधार गर्छ।
- मधुमेहका बिरामीले सीमित मात्रामा सिधै आँप खान सक्छन्, तर जुस वा शेक पिउनु र राति ढिलो खानु स्वास्थ्यवर्द्धक मानिँदैन।
काठमाडौँ । आँपलाई यसको मिठो स्वाद र स्वास्थ्यवर्द्धक गुणका कारण ‘फलहरूको राजा’ मानिन्छ । गर्मी मौसमको यो ‘सुपरफुड’ स्वादका लागि मात्र नभई पोषक तत्त्वका हिसाबले पनि निकै महत्त्वपूर्ण छ । यद्यपि, यसमा हुने उच्च क्यालोरी र प्राकृतिक चिनीका कारण मधुमेह (डायबिटिज) भएका व्यक्ति वा तौल घटाउन चाहनेहरूका लागि आँप खाने कि नखाने भन्ने विषय सधैँ चर्चामा रहने गर्छ । हालै ‘फूड एण्ड फङ्सन’ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार, आँपले तौल नियन्त्रण गर्न मद्दत गर्छ किनभने यसको सेवनले पेट भरिएको महसुस गराउँछ र अनावश्यक स्न्याक्स खानबाट जोगाउँछ ।
आँपको पोषक तत्वको कुरा गर्दा १०० ग्राम आँपमा करिब ६० क्यालोरी हुन्छ, जसमा प्रोटिन, फाइबर, भिटामिन सी र भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । सिनियर क्लिनिकल डाइटिसियन डा. अनु अग्रवालका अनुसार आँपले शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा हुने भिटामिन सीले सेतो रक्तकोषिकालाई सक्रिय बनाउँछ भने भिटामिन एले आँखाको दृष्टि र छालाको स्वास्थ्यलाई राम्रो बनाउँछ । साथै, यसमा हुने एन्टिअक्सिडेन्टले क्यान्सर जस्ता घातक रोगहरूबाट समेत बचाउन सहयोग पुर्याउँछ ।
मधुमेहका बिरामीहरूका लागि आँपको सेवन निकै संवेदनशील विषय हो। डा। अग्रवालका अनुसार मधुमेह भएका व्यक्तिहरूले सीमित मात्रामा आँप खान सक्छन् । आँपको ग्लाइसेमिक इन्डेक्स ५१ देखि ६० को बीचमा अर्थात् मध्यम हुने भएकाले यसले रगतमा चिनीको मात्रा एक्कासि बढाउँदैन । तर, मधुमेहका बिरामीले आँपको जुस वा सेक खानुको सट्टा सिधै फल नै खानु बढी सुरक्षित हुन्छ, किनभने फलमा हुने फाइबरले चिनीको अवशोषणलाई ढिलो बनाउँछ। काँचो आँपमा चिनीको मात्रा कम र फाइबर बढी हुने भएकाले यो मधुमेहका बिरामीका लागि झन् फाइदाजनक मानिन्छ।
पाचन प्रणाली र ऊर्जाका लागि पनि आँप उत्कृष्ट मानिन्छ। यसमा हुने डाइटरी फाइबरले कब्जियत कम गर्न मद्दत गर्छ भने यसमा पाइने इन्जाइमले प्रोटिन पचाउन सहयोग गर्छ। व्यायाम ९एक्सरसाइज० पछि आँप खानु निकै लाभदायक हुन्छ किनभने यसमा हुने ग्लुकोज र फ्रुक्टोजले शरीरलाई तुरुन्तै ऊर्जा प्रदान गर्छ र पोटासियमले मांसपेशीको रिकभरीमा मद्दत गर्छ । यद्यपि, राति ढिलो आँप खानु भने स्वास्थ्यका लागि राम्रो मानिँदैन, किनकि यसले केही व्यक्तिमा ग्यास वा ब्लड सुगर बढाउन सक्छ ।
आँप खाने सही तरिका अपनाउँदा यसको फाइदा अझ बढी लिन सकिन्छ। आँप खानुअघि यसलाई कम्तीमा एक–दुई घण्टा पानीमा भिजाउनु पर्छ, जसले गर्दा यसको सतहमा रहेका रासायनिक अवशेष र कीटनाशकहरू कम हुन्छन् । आँप खाएपछि तुरुन्तै पिरो खानेकुरा, दही, करेला वा चिसो पेय पदार्थ ९सोडा० सेवन गर्नु हुँदैन, किनकि यस्तो संयोजनले पाचनमा समस्या निम्त्याउन सक्छ । धेरै मात्रामा आँप खाँदा तौल बढ्ने, ग्यास हुने वा कसैलाई डन्डीफोर आउने समस्या समेत हुन सक्ने भएकाले स्वाद र स्वास्थ्य दुवैलाई ध्यानमा राखी सन्तुलित मात्रामा मात्र आँपको सेवन गर्नु उपयुक्त हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण