संसद्लाई अनिर्णयको बन्दी नबनाऊ: सभापति देउवा
मोरङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने जिकिर गरे।
सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीभित्र गुटउपगुट रहेको जनताले प्रष्टरूपमा थाहा पाएको बताए । उनले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिए । सभापति देउवाले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने हो तर संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्नेमा जोड दिए ।
एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसिसीलाई नेपाली काँग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण