देव विकास बैंकलाई कुमारी बैंकले एक्वायर गर्ने सम्झौता
काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । लामो समयदेखि छलफलमा रहेका कुमारी बैंक र देव विकास बैंकबीच एक्विजिसनका लागि बुधबार समझदारी जुटेको कुमारी बैंकका एक जना सञ्चालकले जानकारी दिए । ती संचालका अनुसार कुमारीले देवलाई १००ः८६ को अनुपातमा लिने प्रारम्भिक समझदारी भएको छ ।
कुमारीले देवलाई लिएपछि राष्ट्रियस्तरको विकास बैंकको संख्या ८ मा झर्ने छ । राष्ट्रियस्तरका अहिले ११ ओटा विकास बैंक अस्तित्वमा छन् । यसअघि कैलाश विकास बैंकलाई प्राइम कमर्शियल बैंकले र गण्डकी विकास बैठकलाई मेगा बैंकले प्राप्ति गर्ने सम्झौता गरिसकेका छन् ।
क्षेत्रीय विकास बैंकहरुमध्ये पनि सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले लिँदैछ । उता सहारा विकास बैंकसँग देव विकास बैंकले नै एक्वायर गर्ने सम्झौता गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान अनुसार सहारालाई लिएपछि मात्रै देव विकास बैंक कुमारीमा विलय हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण