तीजः वर्षालाई छिचोल्दै पशुपतिको दर्शन, प्रहरीदेखि सञ्चारकर्मीको कन्तविजोग (फोटोफिचर)
काठमाडौं– हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीज विहीबार ब्रत आरधना र नाँचगान र रमाइलो गरी मनाइएको छ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने (तीज पर्व हिन्दु धर्मका देउता महादेवसँग जोडिएको छ । त्यसैले ब्रतालु महिलाहरु तीजको दिन महादेवको पूजा आराधना गरी दिनभर निराहार बसेर तीज मनाउँछन् ।
महादेवकै पूजा गर्न विशेष गरी राजधानी र आसपासका जिल्लाका महिलाहरु पशुपतिनाथ मन्दिर जाने गर्दछन् ।
तीजको ब्रतालु महिलाहरु महादेवको पूजा गर्न भन्दै विहीबार विहानैदेखि लामवद्ध देखिए । मध्यान्ह १२ बजेतिर वर्षा हुन थाल्यो । तर ब्रतालु महिलाहरु वर्षासमेत छिचोल्दै मन्दिर दर्शन गर्न आतुर देखिए । कोही छाता ओढेर लामवद्ध भए भने कोही पानीमा भिजेर दर्शनका लागि पालो पर्खिरहेका थिए ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता धार्मिक विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण