स्कुल बस ९ बजेभित्र अनिवार्य स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने
सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ ।
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो ।
उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरु बिहान नौं बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो । सरोकारवाला संघ संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले नौं बजेभित्र बसहरु विद्यालय कम्पाउण्डभित्र छिराईसक्ने व्यवस्था गर्न सबै सकरात्मक भएको भन्दै तयारी भइरहेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)
-
‘फरेन एजेन्ट विधेयक’ को विरोधमा सडकमा उत्रिए हजारौँ जर्जियाली
-
राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अध्यक्षमा कटवाल
-
विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति
-
बजार महँगी घट्यो, हिमाली क्षेत्रको मुद्रास्फीति ४.३२ प्रतिशत !
-
उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक