‘साङ्लो’ दोस्रो गीत ‘झ्याम्मै’ सार्वजनिक
काठमाडौं । अभिनेता विराज भट्टको पूर्वमिस नेपाल निकिता चाण्डकसँग रोमान्स रहेको फिल्म हो ‘साङ्लो’ । यही २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको दोस्रो गीत ‘झ्याम्मै’ सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले डान्सिङ नम्बरको रुपमा तयार पारेको यो गीत फिल्मको प्रचारलाई थप हाइट दिन सार्वजनिक गरिएको हो । विराज र निकितानै देखिएको गीतको भिडियोमा बिराज रफ पहिरनमा देखिएका छन्, भने निकिता बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन् ।
निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमासुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द गायक भट्टराई आफैंले कोरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत हालसालै काठमाडौंमा छायांकन गरिएको हो ।
फिल्ममा बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम् अधिकारीको लेखनमा रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण