प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति
धनुषा । प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा सो सहमति भएको हो ।
समितिको आज बसेको बैठकमा स्थायी राजधानी जनकपुरधामका साथै उत्तरमा धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा समेतमा सहमति भएको छ ।
सभामुख यादवका अनुसार समितिका सदस्यका साथै प्रदेशसभामा दर्ता गराउने प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतसँग छलफल गरी उक्त सहमति कायम भएको छ । गत भदौ ५ गते विभिन्न दल र दलका प्रस्तावप्रति असहमति राख्ने सदस्यले प्रदेशसभामा स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव दर्ता गराएका थिए ।
विशेष समितिमा स्थायी राजधानीका सन्दर्भमा भएको सहमतिलाई प्रदेशसभामा दुई तिहाइ मतले पारित गरिएपछि स्थायी राजधानीको टुङ्गो लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण