बार्साको हारको फाइदा उठाउँदै रियल शीर्ष स्थानमा
रियल भालाडोलिडविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
जीतसँगै बार्सिलोनासँग रियलले ३ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० गोलअन्तरले पराजित भएको थियो ।
खेलको ७८ औँ मिनेटमा मा नाचोले टोनी क्रुसको क्रसमा निर्णायक गोल गरे । उनले ला लिगामा गोल गरेको पछिल्लो दुई वर्षमा पहिलो पटक हो ।
यसअघि, कासिमेरोले टोनी क्रुसको फ्रिकिकमा गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए ।
खेलको अन्त्यतिर भालाडोलिडको गोलमा पनि सर्जी ग्वार्डिओलालाई अफसाइड करार गरिएको थियो ।
पराजयपछि भालाडोलिड लिगको १६ औँ स्थानमा खस्किएको छ ।
२१ खेलपछि रियलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्साको ४३ अंक छ ।
आइतबार भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिड लेगानेससँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीपछि एथ्लेटिकोलाई गोलअन्तरमा उछिन्दै गेटाफे लिगको चौथो स्थानमा उक्लिएको छ । गेटाफेले रियल बेटिसलाई १–० गोलले हरायो ।
त्यस्तै, रियल सोसिडाडले मायोर्कालाई ३–० ले हराउँदै लिगको छैटौँ स्थानमा उक्लिएको छ । उता, सेल्टाभिगो र इबारले भने गोलरहित बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण