एनआईसी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं– एन.आई.सी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट मिल्ने भएको छ । सामसङले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर एन.आई.सी एशिया बैंकसँग सहकार्य गरेको हो ।
ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसुङले सामसङ ग्यालेक्सी एस१०÷एस१०प्लस र सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको हो ।
सामसङ ग्यालेक्सी एस१०/एस१०प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लसमा एन.आई.सी एशियाको डेविट कार्ड÷क्रेडिट कार्ड/क्यूआरबाट खरिद गर्दा १५% वा अधिकतम तीन हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो अफर एन.आई.सी एशिया बैंकका कार्ड मेसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा यही फेब्रुअरी २८सम्म उपलब्ध हुनेछ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज हुने अपेक्षा राखेको छ ।
सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने, ‘सामसङ अर्थपूर्ण आविष्कारहरू प्रदान गर्नमा सदैव विश्वास गर्दछ । यसैको प्रतिफल हाम्रा उत्पादनहरुले उपभोक्ताहरूको जीवनमा थप सहजता प्रदान गर्दछ ।
सामसङको पावर अफ १० सिरिज यसको भिन्न अनुभवको लागि परिचित छ यसको प्रयोगले प्रयोगकर्ताहरूलाई असीम सम्भावनाहरू पत्ता लगाउन अझै शक्ति प्रदान गर्दछ । सुविधाजनक रूपमा पहुँचयोग्य प्रिमियम सुविधाहरू यस सिरिजबाट प्राप्त हुनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल कार आक्रमण : भीडभाडमा धेरै मान्छेको हत्या प्रयास गरेको आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता