पोर्ने देखाएको आरोपविरुद्ध अदालत जानेछन् गणेश आचार्य, भने, ‘हिलो लागेको छ, धुन्छु पनि’
बलिउड कोरियोग्राफर गणेश आचार्यविरुद्ध केही दिन अघि एक महिला कोरियोग्राफरले आफूलाई जबर्जस्ती पोर्ने देखाएको आरोप लगाएकी छिन् । आरोप लगाउने महिलाले यसका लागि पुलिसका साथै महिला आयोगमा पनि उजुरी दर्ता गराएकी छिन् ।
यसका लागि गणेश आचार्यले शनिबार मुम्बईमा पत्रकार सम्मेलन आयोजना गरे । उनका अनुसार अंबोली र ओशिवारा पुलिस स्टेशनमा उनले आफूमाथि लागेको आरोपमाथि एनसी फाइल गरेको र उनी अदालत जाने तयारी गरिरहेका छन् । यो मौकामा गणेश आचार्यकी श्रीमती पनि उपस्थित थिइन् र उनले आफू विगत १९ वर्षदेखि गणेशसँग भएको र श्रीमानमाथि पूर्ण विश्वास भएको बताएकी छिन् ।
‘म फोहोर सफा गर्न अघि सरेको छु र तयार छु’
पत्रकार सम्मेलनमा जब गणेशलाई यी आरोपबाट उनको छवीलाई पुग्ने क्षतीबारे प्रश्न सोधियो तब गणेशले भने, ‘जब हिलो लाग्छ तब धोइन्छ पनि । मेरो वा मेरो परिवारलाई यी आरोपबाट समस्या छैन । मानिसहरुलाई के सही के गलत भनेर राम्रोसँग थाहा छ । डान्सर्स र डान्स डायरेक्टर्सबीच फोहोर छ, हिलो लागेको छ भने पनि म त्यो सफा गर्न अघि सरेको छु र त्यो धुन्छु पनि । म यसका लागि तयार छु ।’
म यस्ता कुराले डराउँदिनँः
यो मौकामा गणेश आचार्य र उनका वकिललले आफूहरुले कानूनका सबै विकल्पबारे विचार गरिरहेको जानकारी दिए । गणेशले भने, ‘यदि यस्ता आरोप लगाएर मलाई धम्क्याउने कोसिस गरिएको हो भने, म डराउने वाला छैन । ’
पत्रकार सम्मेलनको क्रममा एउटा भिडियो पनि जारी गरियो । गणेश आचार्यकी श्रीमती विधि आचार्यले पनि यतिबेला श्रीमानलाई पूर्ण समर्थन गरिन् । गणेशका वकिल रविले भने, ‘हामीले कस्ता कानूनी उपचार गर्नेछौं भनेर यसबारे अहिल्यै जानकारी दिँदैनौं । थर सिभिल, क्रिमिनल जे गर्न सक्छौं त्यो गर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण