अपडेटः बस र माइक्रो जुध्दा ५ को ज्यान गयो
आइतबार, १९ माघ २०७६, ११ : २०
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना.६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट कामठमाडौँतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए ।
दुर्घटनामा माइक्रोका चालक दीपक खड्का र काठमाडौंका हेमराज कोइरालाको मृत्यु भएको पुष्टि भए पनि अन्य तीन जनाको सनाखत भएको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण