फस्टलुकमा यस्तो देखियो नीरफूल
काठमाडौं । पत्रकार फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’को फस्ट लुक सार्वजनिक गरेको छ । निर्माण युनिटले फिल्मको चारवटा पोस्टर फष्टलुकको रुपमा एकसाथ बाहिर ल्याएको हो ।
भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म आउँदो फागुन ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतको अभिनय रहेको फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायाँकन गरिएकोहो ।
पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ, भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ । फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ ।
निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण