रास्वपा नवलपुरको सभापतिमा भण्डारी
मङ्गलबार, २६ जेठ २०८३, ०७ : ४४
नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिइन् ।
प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गरे ।
उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भए। अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण