सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...

सोमबार, २५ जेठ २०८३, २० : १४
सोमबार, २५ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
  • एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अध्यक्ष ओलीको नाम र तस्बिर प्रयोग गरी रास्वपाको सदस्यता पत्रमा टाँस्ने कार्यको निन्दा गरेका छन् ।
  • आचार्यले यस्तो कार्यलाई राजनीतिक मर्यादा विपरीत र विद्युतीय कारोबार ऐन अन्तर्गत सजाययोग्य साइबर अपराध भएको बताउँदै तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीको नाम र तस्बिर प्रयोग गरी रास्वपाको सदस्यता पत्रमा टाँस्ने जस्तो निन्दनीय र निकृष्ट कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आचार्यले राजनीतिक तथा वैचारिक लडाइँ आफ्नो ठाउँमा रहे पनि प्रविधिको चरम दुरुपयोग गर्दै फेक आइडी, फोटोसप तथा भ्रामक सामग्रीमार्फत समाजलाई दिग्भ्रमित पार्ने र शीर्ष नेताहरूको चरित्रहत्या गर्ने यस्ता कुचेष्टाहरू कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

उनले यस्तो कार्य केवल राजनीतिक मर्यादा विपरीत मात्र नभई प्रचलित नेपालको कानुन (विद्युतीय कारोबार ऐन) अन्तर्गत सजाययोग्य साइबर अपराधसमेत भएको बताएका छन् ।

आचार्यले भ्रम फैलाउने पक्षलाई तत्काल यस्ता हर्कत बन्द गर्न कडा चेतावनी दिँदै भ्रामक सामग्री उत्पादन र प्रसारण गर्ने तत्त्वहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा यस विषयमा साइबर ब्यूरोको ध्यानाकर्षण गराएका छन् ।

718293896_1004796421916859_6015078918149889777_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप