शपथ ग्रहण समाराेह
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
सोमबार, २५ जेठ २०८३, १९ : ५०
सारांश
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
- बेलबहादुर रानामगर सामाजिक मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री र मान बहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
- मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्, जसलाई मुख्यमन्त्री कमल शाहले शपथ गराए ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
बेलबहादुर रानामगरले सामाजिक मन्त्री बनेका छन् । यस्तै विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्दा मान बहादुर रावल उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। उनीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै दुई जनालाई राज्यमन्त्रीको शपथ ग्रहण गराइएको छ । मधु भारती सामाजिक विकास राज्यमन्त्री बन्दा जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।
राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाहले शपथ ग्रहण गराएका हुन् । उनीहरू सबै कांग्रेसबाट मन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण