‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
दाङ । राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेसन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ ।
वातावरण संरक्षण, वृक्षारोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ । “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उनले भने, “जसले गर्दा हामीलाई सहज भएको छ । यन्त्रले २४सै घण्टा नै वातावरणको निगरानी गर्ने गर्दछ ।” एक करोड मूल्य बराबरको उक्त मेसिन सङ्घीय सरकारले जडान गरेको हो । जुन यन्त्र मोफसलमा राप्ती गाउँपालिकाले मात्रै जडान गरेको छ । दुई वर्ष अघि जडान गरिएको अध्यक्ष विष्टले बताए ।
दाङको राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेसन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ । त्यसले गर्दा वातावरण संरक्षण, वृक्षारोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ ।
“हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ, भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उनले भने, “जसले गर्दा हामीलाई सहज भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण