सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने

सोमबार, २५ जेठ २०८३, २० : २६
सोमबार, २५ जेठ २०८३

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर नियुक्त भएकी छन् भने सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।

सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार रोका मगरलाई प्रमुख सचेतक र लामिछानेलाई सचेतकमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। दुवै जनाको नियुक्ति २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी गरिएको हो।

यसअघि प्रमुख सचेतक रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेपछि सो पद रिक्त भएको थियो। 

त्यस्तै सचेतक रहेका रोका मगर प्रमुख सचेतकमा पदोन्नति भएपछि सचेतक पद खाली भएपछि लामिछानेलाई नियुक्त गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप