सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

सोमबार, २५ जेठ २०८३, १८ : ५९
सोमबार, २५ जेठ २०८३

काठमाडौँ । प्रतिनिधि सभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले कानुनी कारबाही गरेको छ । ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएपछि राईलाई कारबाही गरिएको हो।

सोमबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी,सुनसरीले कारबाही गरेको हो। लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा उनलाई कारबाही गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले राताेपाटीलाई जानकारी दिए। 

गत जेठ २२ मा उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनले मोबाइलमा भिडियो बनाउँदै सवारी चलाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप