चितुवाको आक्रमणबाट २० जना घाइते
पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । आज जैसिडिहीमा र हिजो बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो ।
चितुवाले आज खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन जानुभएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए ।
उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पु¥याउने र केहीको कान लुछेको हो ।
श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ । एउटै चितुवाले मानिसलाई आक्रमण गरिरहेको हुनसक्ने दुलालले बताए । उनले घाइतेहरुको खोजी कार्य पनि भइरहेको बताए ।
यसैबीच २० भन्दा बढी मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन् । क्रमैसँग जैसिडिहीका बासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए ।
यसअघि भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा रहेका छन् ।
भुम्लु गाउँपालिका–७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए ।
गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको र अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उहाँले जानकारी दिए । उनका अनुसार गत शुक्रबार राति चितुवाले स्थानीय लक्ष्मी रिजालको दुई वटा बाख्रा मारेको थियो ।
टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए । उनले भने, “चितुवाले आतङ्क फैलाएपछि मानिसलाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण