कोरोना भाइरसको संक्रमणले विश्वभर माहामारीको रुप लिएको छैन: डब्लुएचओ
एजेन्सी । चीनबाट सुरू भै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ ।
डब्लुएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भने, ‘अहिले हामी कोरोना भाइरसको सङ्क्रमणको माहामारीको अवस्थामा छैनौ ।’
‘तर हामी सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेका छौ,’ उनले भने ।
कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन् । चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भएपनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको उनको भनाइ रहेको छ ।
ब्राएन्डले भने, ‘चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भएपनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ ।’
यसैबीचमा चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभाबित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।
चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न वा यस भाइरसलाई पूर्ण निर्मूल पार्न सफलता मिल्नेमा हामी विश्वस्त छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण