शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ डायरिज’बाट हिट होलान् त सुशील ?

सोमबार, २७ माघ २०७६, १४ : ४९
सोमबार, २७ माघ २०७६

काठमाडौं । फिल्म ‘होस्टेल रिर्टन्स’बाट अभिनयमा डेब्यु गरेका हुन् अभिनेता सुशील श्रेष्ठले । डेब्यु फिल्म हिट भएपछि एकाएक चर्चामा छाएका सुशिलका त्यसपछि ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ रिलिज भए । तर, यी तीनै फिल्मबाट पनि उनले न त निर्माता जोगाउन सके । न त आफुनै हिट हुनसके । ‘होस्टल रिटन्र्स’मा उनको अग्लो कद, चकलेटी लुक्स र आकर्षक शरिर देखेको भरमा सम्भावना बोकेको अभिनेता भन्दै चर्चा गर्ने सबै निराश भए ।

‘होस्टेल रिर्टन्स’ हिट भएपछि उनलाई लिन हानथापा गर्ने निर्माताहरु अहिले उनको पछिल्लो फिल्म ‘लभ डायरिज’ रिलिज कुरेर बसेका छन् । यो फिल्म हिट भए सुशील लिने फ्लप भए नलिने मनस्थिती उनीहरुको रहेको छ ।
सायद, त्यसैले पनि होला ‘लभ डायरिज’मा उनको आश र भरोसा दुबै छ । ‘लभ डायरिज’ले आफ्नो करियरलाई फेरि उचाही दिनेछ’ सुशिलले भने ‘फिल्मको बिषयबस्तु र निर्माण युनिटसँगको यो मेरो बिश्वास हो ।’ अहिलेसम्म निर्वाह गरेको भन्दा भिन्न भुमिका फिल्ममा आफ्नो भएको सुशिलले सुनाए । उनले भने ‘फिल्ममा विदेशमा बसेर मोजमस्तिमा तल्लिन हुने केटाको भूमिकामा निर्वाह गरेको छु । जुन भुमिका मैले अहिलेसम्म निर्वाह गरेको भन्दा उच्कृष्ट छ ।’

फिल्ममा उनको अपोजिटमा नव अभिनेत्री रुविना थापा रहेकी छिन् । गीत संगीत र ट्रेलरमा यी दुईको जोडी दर्शकले रुचाएका छन् । रुबिनासँग फिल्मी रोमान्स पनि दर्शकले रुचाउने निर्माण युनिटको विश्वास रहेको छ । 
सौरभ चौधरीको निर्देशन रहेको ‘लभ डायरिज’ले त्रिकोणात्मक प्रेमकथा निर्माण भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप