लगातार ४९औँ खेलमा अपराजित रहँदै बायर लेभरकुजन युरोपा लिगको फाइनलमा
काठमाडौँ । जर्मन क्लब बायर लेभरकुजन युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । जारी सिजनको बुन्डेस लिगा च्याम्पियन बायर लेभरकुजन बलियो इटालियन क्लब रोमालाई हराउँदै फाइनलमा पुगेको हो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा बिहीबार राति बायर लेभरकुजनले रोमालाई २–२ गोलको बराबरीमा रोक्यो । उक्त नतिजासँगै बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा पनि ४९ खेल पुर्याएको छ । यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा बायर लेभरकुजनले रोमालाई २–० गोलले हराएको थियो ।
बायर लेभरकुजन ४–२ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लेग खेल लेभरकुजनको घरेलु मैदानमा खेलिएको थियो । दोस्रो लेग खेलमा बायर लेभरकुजनले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको ४३औँ मिनेटमा रोमाका लागि लियान्ड्रो पेरेडसले पेनाल्टीमार्फत गोल गरेका थिए । ६६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल थप्दै रोमालाई २–० ले अगाडि बढाएका थिए । त्यसपछि खेलमा बायर लेभरकुजनले उत्कृष्ट पुनरागमन गरेको थियो ।
निर्धारित समयको ८२औँ मिनेटमा भ्रमणकारी टोली रोमाका जियानलुका मान्सिनीबाट आत्मघाती गोल भएको थियो । इन्जुरी समयको सातौँ मिनेटमा जोसिप स्टानिसिचले अर्को गोल गर्दै लेभरकुजनलाई सम्भावित हारबाट जोगाएका थिए ।
बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा पनि ४९ खेल पु¥याएको छ । त्यसमध्ये ४० खेलमा बायर लेभरकुजनले जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण