चीनले ११ वटा युरोपेली देशहरूलाई निःशुल्क भिसा दिने

काठमाडौँ । चीनले सन् २०२५ को अन्तसम्ममा ११ वटा युरोपेली मुलुकहरूलाई फ्री भिसा प्रवेश दिने भएको छ । निःशुल्क भिसा योजनाले पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्ने रणनीति अनुरूप चीनले अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड्स, स्पेन र स्वीट्जरल्याण्डका नागरिकलाई विना शुल्क भ्रमण भिसा दिने भएको हो ।
साथै, दक्षिणपूर्वी देश मलेसियालाई समेत निःशुल्क भिसा उपलब्ध गराउने चिनियाँ अध्यागमन विभागले जनाएको छ । फ्री भिसाको घोषणा गर्दै चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले चिनियाँ र विदेशी नागरिक, कर्मचारीहरूको आगमन खुल्लापनले विश्व पर्यटन विकासमा थप आयाम थप्ने बताए ।
उसो त हालैमात्र चीनले नेपालका लागि समेत निःशुल्क प्रवेश अनुमति (भिसा) उपलब्ध गराउने घोषणा गरेको छ ।
निःशुल्क भिसा योजना चीनले २०२४ को सुरुवातदेखि नै चरणबद्ध रूपमा घोषणा गरेको थियो । सुरुमा एक वर्षको लागि तय गरिएको यो नीतिले धेरै मानिसहरूलाई चीन भ्रमण गर्न र व्यापार व्यवसाय गर्न प्रोत्साहन गरेको छ । थप भिसा फ्री नीतिले चिनियाँ नागरिक र विदेशी नागरिकहरू बिच सांस्कृतिक तथा आर्थिक आदानप्रदानलाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, हाल परीक्षण काल नै रहेकोमा प्रवेश गर्ने विदेशी नागरिकलाई १५ दिनसम्म निःशुल्क भिसा उपलब्ध गराइने प्रवक्ता माओले बताएका छन् ।
कोभिड–१९ पछि तीन वर्षसम्म चीनले विदेशी पर्यटकका लागि चीन प्रवेशमा कडाइ गरेको थियो । सन् २०२३ पछि मात्र चीनले विदेशी नागरिकका लागि सहज प्रवेश दिन थालेको हो ।
चिनियाँ अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा ३५.५ मिलियन अर्थात् साढे ३ करोड बढी विदेशी नागरिकहरूले चीनको भ्रमण गरेका छन् । जबकि प्रि–कोभिड, सन् २०१९ मा ९७.७ मिलियन अर्थात् ९ करोड ७० लाख भन्दा बढी विदेशीले चीनको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर