‘मिर्मिर कपालैमा’ सहित घोरासैनीको दश वर्षपछि कम्ब्याक
काठमाडौं । लोकप्रिय गायक नवराज घोरासैनी झण्डै १० वर्षपछि गायनमा कमब्याक भएका छन् । ‘मिर्मिर कपालैमा’ बोलको नयाँ लोकगीत सहित उनले कमब्याक गरेका हुन् ।
शब्द, स्वर र संगीत समेत उनकै रहेको ‘मिर्मिर कपालैमा’ गीत गायनमा उनलाई चर्चित गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । दशबर्षपछि आएपनि गतिलो गीत ल्याएको घोरासैनीले बताए ।
‘लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु’, उनले भने, ‘गीत संगीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि गीत ल्याउनु आवश्यक थियो । राम्रो गीत बनाउन आफुलाई समय लागेको घोरासैनीको भनाई रहेको छ ।
घोरासैनीले ०५८ सालमा ल्याएको आफ्नै गीत ‘घुम्तीनेर लेट भयो ...’ शैलीमा ‘मिर्मिर कपालैमा’ पनि ल्याएका छन् । ‘मिर्मिर कपालैमा’ पनि काठे भाकाको गीत भएको घोरासैनीले बताए ।
शिव बिकको निर्देशनमा गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा एसराज गराच र जेविका कार्की अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण