गोकुल बाँस्कोटा काण्डमा बोले प्रधानमन्त्री
बिहीबार, ०८ फागुन २०७६, १५ : ३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्याएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्याए ।
उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएकाे भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए ।
करिब ४५ मिनेटको भाषणपछि उनले भने, ‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन् ।’
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन