ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
काठमाडौँ । ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच भिडन्त हुने भएको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई एक सय नौ रनको फराकिलो अन्तरले हरायो ।
एपीएफ क्लब भने यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको थियो । एपीएफ क्लबले लिग चरणमा चारवटै खेलमा जित हासिल ग¥यो । एपीएफ क्लब आठ अंकसहित तालिकाको पहिलो स्थानमा रह्यो । सुदूरपश्चिम प्रदेशले भने चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।
सुदूरपश्चिम प्रदेश ६ अंकसहित तालिकामा दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । तेस्रो स्थानमा रहेको ललितपुर मेयर–११, चौथो स्थानमा आसिन कोशी प्रदेश र पाँचौँ स्थानमा रहेको बागमती प्रदेश भने लिग चरणबाटै बाहिरिए ।
लिग चरणको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १६.१ ओभरमा अलआउट हुनुअघि ४८ रनमात्र बनाउन सक्यो ।
सुदूरपश्चिम प्रदेशको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । उनले अविजित ७४ रन बनाइन् । प्लेयर अफ दी म्याच घोषित सम्झानाले यस क्रममा केवल ४७ बलको सामना गरी १० वटा चौका पनि हिर्काइन् ।
ओपनर रुबी पोद्दार र कप्तान बिन्दू रावलले २८–२८ रनको योगदान गरे । कविता जोशीले पनि टोलीको खातामा अविजित २० रन थपिन् । बागमती प्रदेशका बलर करिष्मा गुरुङले एक विकेट लिएकी थिइन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि सात रन पायो ।
जवाफी ब्याटिङ गरेको बागमतीका लागि करिष्मा गुरुङले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । उनले १६ रन बनाइन् । अन्य ब्याट्र भने एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । बागमती प्रदेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो ।
सुदूरपश्चिम प्रदेशका बलर रितु कनौजियाले तीन विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल पाँच रन खर्चिइन् । कविता जोशी र लक्ष्मी साउदले पनि दुई–दुई विकेट हात पारे । बिन्दू रावल र करिष्मा थापाले एक–एक विकेट लिए । प्रतियोगिताको फाइनल खेल शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण