जिया खानको प्रेम, धोका र तनावपूर्ण ‘सुसाइड नोट’, ‘सधैं गर्भवती हुने डर थियो...’
एजेन्सी : बलिउडमा उदाउँदै गरेकी जिया खानले २५ वर्षकै उमेरमा आत्महत्या गरिन् । उनले आत्महत्या गरेको सात वर्ष पुगिसकेको छ । तर, अझै पनि उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउन छोडेको छैन ।
उनले २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत्युको पछाडि सूरज पंचोलीको नाम जोडिएको थियो । जियाको परिवारले सुरजका कारण उनले आत्महत्या गरेको आरोप लगाएको थियो ।
उनको आत्महत्यापछि प्रहरीले सुरजलाई पक्राउ गरेको थियो । लामो समयसम्म सुरजको मुद्दामा सुनुवाई भइरहेको भए पनि कुनै पनि नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेको छ ।
के थियो उनको ‘सुसाइड नोट’
‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ । तर अब गुमाउनको लागि केही बाँकी छैन । त्यसैले सबैकुरा खुलाउने समय आएको छ । यसै पनि मैले सबै कुरा गुमाइसकेकी छु । जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु । म भित्रभित्रै टुक्रिइसकेकी छु । तिमीलाई त यसको बारेमा अन्दाज पनि छैन । तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पागल भएँ कि आफैलाई बिर्सिन थालेँ । तिमीले मलाई तड्पाइरह्यौँ । सधैँ पीडा दियौँ । अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ । ..............सधैँ गर्भवती हुने डर भइरहन्थ्यो । तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ । तर यसको बदलामा तिमीले मलाई सधैँ दुख र पीडा दियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण