राष्ट्रियसभा सदस्य संख्या बढाउने तयारी, नेकपाले बनायो संविधान संशोधन गर्न कार्यदल
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य संख्या बढाउने गरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ ।
आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको ३ सदस्यीय कार्यदल गठन गरेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय खिमलाल देवकोटा सदस्य रहेका छन् । हाल कायम रहेको ५९ सदस्यीय राष्ट्रिय सभा सदस्य संख्या बढाउनेगरी संविधान संशोनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो ।
नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभा सदस्य ५९ जना रहने व्यवस्था छ । जसमा ५६ जना निर्वाचित र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
संविधानको भाग ८ धारा ८६ मा राष्ट्रिय सभा गठन र सदस्यहरुको पदावधिबारे उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन