महाथिरद्वारा मलेसियाको प्रधानमन्त्री पदबाट राजीनामा
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनको प्रक्रिया खुला गरेका छन् ।
दुई लाइनको वक्तव्य जारी गर्दै उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामाबारे जानकारी दिएको बताएका हुन् ।
महाथिरको पार्टी ‘पार्टी प्रिभूमी बेरसातु मलेसिया’ले सत्तारुढ गठबन्धन पाकातान हारापान ‘एलाइन्स फर होप’ पनि छाडेको पार्टीका सभापति मुहिद्दिन यासिनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरको पार्टीले उनको उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको समाचार आएको थियो ।
९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो ।
तर, सन् २०१८ को निर्वाचनअघि अनवर र महाथिर एक भएर ६ दशकदेखि सत्तामा रहेको युएमएनओको बोलबाला रहेको बारिसान नेसनल गठबन्धलाई हराएका थिए । यो अनपेक्षित हारसँगै तत्कालिन प्रधानमन्त्री नाजिब रजाक सत्ताच्युत भएका थिए ।
तर, अनवरलाई सत्ता हस्तान्तरणको लागि निश्चित समयतालिका बनाउन महाथिरले आनाकानी गरेपछि पाकातान हारापान गठबन्धनमा फुट देखिएको थियो ।
अनवर सन् १९८१ देखि २००३ सम्म महाथिर प्रधानमन्त्री हुँदा उप–प्रधानमन्त्री थिए । सन् १९९८ मा महाथिरले उनलाई बर्खास्त गरेका थिए । लगत्तै अनवरलाई अनैतिक यौनगतिविधि गरेको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण