नवीनले नचाए ताप्लेजुङबासी
काठमाडौं । लोक गायक नवीन पौडेलले ताप्लेजुङबासी नचाएका छन् । ‘पाथिभरा देवीको दर्शन मेची पर्यटन हाम्रो आकर्षण’नारा सहित सुरु भएको ‘पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०२०’को तेस्रो दिन आइतबार नवीनले नयाँ पुराना दर्जन बढी गीतसंगीतबाट दर्शक नचाएका हुन् ।
आइतवार साँझ डुब्दै गरेको घामसँगै स्टेजमा देखिएका नवीनले ‘बोलाउ बोलाउ लाग्यो बोलाइ हालेँ मै पनि, नरिसाउनु कोहि पनि’ बोलको लोक गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए । त्यसपछि ‘आजै भेट भाको ताप्लेजुङ आको’, ‘म परे पाल्पाको’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘हरेक जातजाति छौँ नानाथरी’, ‘यस्तै हुन्छ भन्नेभा’, ‘तिमीलाई हेर्दा हेर्दै जुङ्गा पलायो’, ‘फुलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो भो, ‘मैले तिमीलाई हेरेको मन परेरै हो’, ‘घर मेरो सुदुरपश्चिम’लगायत करिव एक दर्जन गीतको प्रस्तुति मार्फत दर्शक नचाएका थिए । सो अवसरमा नवीनको केही गीतमा दर्शक मात्र नाचेनन् । उनीहरुले वान्स् मोरको हुटिङ समेत गरेका थिए ।
ताप्लेजुङको फुङ्लिङ बजार आयोजित महोत्सवमा ताप्लेजुङको अलवा पाँचथर, इलाम, झापालगायत जिल्लाबाट समेत सार्वसाधारणको भिड लागेको थियो ।
कार्यक्रममा गायिका एवं डान्सर कुशुम परियारले नृत्य समेत देखाएकी थिइन् । पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मुल समारोह समितिको आयोजक रहेको महोत्सव फागुनको तेस्रो सातासम्म चल्नेछ । जसमा दर्जन बढी राष्ट्रिय कलाकारले समेत प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।
गत ९ गतेबाट सुरु भएको महोत्सव भिजित नेपाल २०२० लाई सहयोग पुर्याउने, स्थानिय लकारस्ंस्कृतिको प्रदर्शन गर्दै स्थानिय उत्पादको व्यवसाय गर्ने गरेको आयोजकको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण