जुवाको खालबाट महिलासहित ५ जना पक्राउ
मङ्गलबार, १३ फागुन २०७६, १२ : ५७
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।
थाहा नगरपालिका ९ चित्लाङमा रहेको एउटा घरमा जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकाश कुमार तामाङले जानकारी दिए ।
उनीहरुको साथबाट लगद ६४ हजार ७ सय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा थाहा ९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामी रहेका छन् ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण