होलीमा दुई दिन सार्वजनिक बिदा
सोमबार, १९ फागुन २०७६, १८ : १९
जनकपुर । प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ ।
फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।पहाडी क्षेत्रमा भने फागुन २६ मै होली मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण