विश्व श्रवण दिवसको अवसरमा पाटनमा शरद श्रेष्ठलगायत चार संगीतकर्मीले प्रस्तुती दिँदै
विश्व श्रवण दिवसको अवसरमा पाटनमा चारजना संगीतकर्मीले आफ्नो प्रस्तुतीमार्फत् बहिरोपन र सुस्त श्रवणबारे जागरुकता फैलाउनेछन् ।
सारङ्गीवादक बर्ता गन्धर्व, टम्बलविड इङ्कका गितारिस्त तथा श्री ३ ब्यान्डका गायक–गितारिस्ट शरद श्रेष्ठ, एएसएम ब्यान्डका गायक अभषेक शंकर मिश्रा र गायिका लज्जु श्रेष्ठले सांगीतिक प्रस्तुती दिन लागेका हुन् ।
नाक, कान घाँटीका १० जना महिला डाक्टर आबद्ध गैर नाफामुलक संस्था एयर केयर नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
एयर केयर नेपालकी संस्थापक डा. मिलन महर्जनले यस्ता कार्यक्रमले युवापुस्तालाई सुस्त श्रवण र बहिरोपनबारे जागरुक गराउने आशा राखेकी छिन् ।
उनी भन्छिन्, ‘ अहिलेको युवापुस्ताका लागि यो नयाँ विषय हो । युवापुस्तामा ठूलो आवाजका कारण बहिरोपना भएका उदाहरण धेरै छन् । यसले न्यूरल डेफनेस निम्त्याउँछ । नसाकै कारणले गर्दा हुने बहिरोपना स्थायी हुन्छ । त्यसैले युवापुस्ताले ठूल्ठूलो आवाजमा गीत संगीत सुन्नु हुँदैन भनेर जागरुक गराउनका लागि पनि हो । ’
यस दिन बर्ता गन्धर्वको स्वरमा बहिरोपनसम्बन्धि ‘थीम सङ्ग’ पनि सार्वजनिक हुने जसलाई प्रत्येक एफएम रेडियोमा प्रशारण गरिने पनि डा. मिलनले जानकारी दिइन् ।
अब यस्ता विषयमा कुरा गर्ने समय आइसकेको शरद श्रेष्ठ बताउँछन् । उनले भने, ‘हामी त संगीतकर्मी, हामी ‘लाउड म्युजिक’ बजाउँछौं, हामीलाई पनि कानको समस्या त आइराख्छ नि । कति साधारण कुरा पनि हामीले बेवास्ता गरिरहेका हुन्छौँ, थाहै नभएर । त्यसैले यस्ता कार्यक्रमहरु गर्दा संगीतकर्मीका साथै दर्शकलाई पनि जागरुक बनाउने उद्देश्य लिएका छौं । यस्तो कुराहरु चाहिँ निकै आवश्यक भइसक्यो जस्तो लाग्छ ।’
कार्यक्रम पाटन दरबार स्क्वायरको कार्तिक डबलीमा दिउँसो चार बजेदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण