कोरोना संक्रमित ७० हजार घर फर्के
विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् ।
पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । कोरोना फैलिएको स्थान बुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिएका छन् । सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।
हालसम्म ८० हजार ९८१ जनामा सङ्क्रमण भेटिएको छ, जसमध्ये तीन हजार ९१७ ले सङ्क्रमणका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय जम्मा २१ वटा मात्र नयाँ सङ्क्रमित भेटिनुले चीन कोरोना सङ्कटबाट उम्कँदै गएको देखाउँछ । यो समाचार आजको गोरखपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण