मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने यूएईस्थित नेपाली दूतावासको निर्णय
सोमबार, ०३ चैत २०७६, १५ : १४
यूएई । यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ । बिश्वब्यापी कोरोना भाइरसको कारण युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम झमंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
भोलि मंगलबारदेखि अर्को सूचना जारी नहुँदासम्म प्रमाणीकरण सेवा बन्द रहने दूतावासले जनाएको हो । ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू हुने बिज्ञप्तिमा उल्लेख छ।
सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण