इराकका तीन सैन्य बेसबाट हट्दै अमेरिकी सेना
इराकमा रहेको अल काइम र अन्य दुई सैन्य बेसबाट अमेरिकी सेना हट्ने भएको छ । हाल इराकमा रहेका आठमध्ये तीन बेसबाट हट्ने निर्णयलाई अमेरिकाले इराकमा आफ्नो ‘पदचाप’ बिस्तारै कम गर्ने रणनीतिको रुपमा अर्थायाइएको छ । पछिल्लो समय इरान र इराक सरकारसँग अमेरिकाको तनाव बढिरहेको बेला यस्तो निर्णय आएको हो ।
अल काइममा एक औपचारिक समारोहका बीच अमेरिकाले उपकरणहरुलाई इराकी सेनालाई हस्तान्तरण गर्नेछ । योसँगै सिरियाको सीमामा इराकपट्टी अमेरिकाको उपस्थिति अन्त्य हुनेछ ।
यो बेस इराकको सबैभन्दा पूरानो रेलवे स्टेसनमा बनाइएको थियो । यो सन् २०१४ मा इस्लामिक स्टेटको कब्जामा पुगेको इराकको पहिलो ठाउँ थियो । सन् २०१७ को नोभेम्बरमा इराकी सेनाले यसमा पुनः नियन्त्रण कायम गरेका थिए ।
इस्लामिक स्टेटमाथिको जीतपछि इरानसमर्थित मिलिसिया समुहले सीमाको दुवै क्षेत्रमा नियन्त्रण बनाएका छन् । अल काइममा इराकी सुरक्षा बलको उपस्थित रहे पनि यस क्षेत्र पपुलर मोबिलाइजेसन फोर्स (पीएफएफ) को नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण