होण्डाद्वारा सरकारलाई १० थान किटनासक औषधि छर्कने मेसिन सहयोग
काठमाडौं– होण्डाले नेपार सरकारलाई सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त ७ लाख बराबरको १० थान होण्डा अटोमेटिक ब्याक प्याक स्पे्रयर सहयोग स्वरुप प्रदान गरेको छ ।
नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले कोरोना महामारीविरुद्ध सहयोगको अर्को कदम अघि बढाएको छ ।
अहिलेको यस विषम परिस्थितीमा कोरोनाभाइरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुहअन्र्तगतको स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले एक कार्यक्रममाझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त ७ लाख बराबरको १० थान होण्डा अटोमेटिक ब्याक प्याक स्प्रेयर सहयोग स्वरुप प्रदान गरे ।
यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण