कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ
इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ ।
इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।
लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।
सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ ।
साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण