बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः हालसम्मका मुख्य खबर

शुक्रबार, १२ वैशाख २०७७, ०६ : ५८
शुक्रबार, १२ वैशाख २०७७

– संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या २७ लाख १६ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडाका अनुसार मृतकको संख्याले एक लाख ९० हजार पार गरेको छ ।

– अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८० हजार बढी संक्रमित छन् भने अमेरिकामै मृतकको संख्या पनि संसारकै धेरै छ । यहाँ हालसम्म ४९ हजार ८ सय ४२ को मृत्यु भइसकेको छ ।

– दोस्रो स्थानमा स्पेन छ जहाँ संक्रमितको कूल संख्या २ लाख १३ हजार बढी छन् । यहाँ हालसम्म २२ हजार १ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

– यस्तै इटलीमा १ लाख ८९ हजार संक्रमित छन् भने २५ हजार ५ सय ४९ ले ज्यान गुमाइसकेका छन् ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता लाग्नै लागेको बताए । उनले भने, ‘हामी भ्याक्सिन पत्ता लगाउने हाम्रो उद्देश्यको निकै नजिक छौं । ’ यद्यपि, संसारका धेरैजसो विशेषज्ञका अनुसार कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि भ्याक्सिन उपलब्ध हुन १२ देखि १८ महिनाको समय लाग्नसक्छ ।

– युरोपियन युनियनका नेताले कोरोना महामारीका कारण ध्वस्त भएको युरोपको अर्थव्यवस्थालाई माथि उठाउन अर्बौं रुपैयाँको आपतकालीन सहायताको योजनामाथि सहमती जनाएका छन् । कोरोनाभाइरसका कारण हुने आर्थिक क्षतीलाई कम गर्नका लागि जून १ देखि हालको संयन्त्रमार्फत् ५४० अर्ब युरोको आर्थिक सहायता जारी गरिनेछ ।

– अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा ४८४ अर्ब डरको एउटा नयाँ राहत प्याकेजसँग जोडिएको बिल पास भएको छ । यसको उद्देश्य साना उद्योगलाई ऋण दिने र अस्पताल र कोरोनाभाइरसको परीक्षणका लागि थप राशी उपलब्ध गराउनु हो ।

– विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोना संक्रमणका कारण भएको करिब आधा मृत्यु ‘केयर होम्स’ मा भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

– ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट हेनककले बिहिबारको ब्रिफिङका क्रममा मिडियालाई कोरोनाभाइरस संक्रमित व्यक्तिको पहिचानका लागि १८ हजार व्यक्तिलाई जागिरमा राखिने जानकारी दिए ।

– चीनले विश्व स्वास्थ्य संगठनलाई ३ करोड डलरको अतिरिक्त रकम प्रदान गर्ने घोषणा गरेको छ । चीनको यो निर्णय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको त्यो निर्णय पछि आएको हो जसमा उनले डब्ल्यूएचओमाथि कोरोना महामारीसँग जोडिएको जानकारी सही समयमा नदिएको आरोप लगाउँदै रकम रोक्ने घोषणा गरेका थिए ।

– युरोपमा कोरोना भ्याक्सिनको मानिसमाथिको परीक्षण अक्सफोर्ड युनिभर्सिटीमा सुरु भएको छ । यो अनुसन्धानका लागि छानिएका ८ सय व्यक्तिमध्ये पहिले नै दुई व्यक्तिलाई खोप दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप