सीमाको क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फिर्ता : सुनौलीबाट १ सय २ जना नेपाल भित्रिए
बुटवल । लकडाउनको १ महिनापछि सीमा क्षेत्रको क्वारेन्टाइनमा बसेकाहरुको आजबाट नेपाल भित्राउन सुरु भएको छ । सिमानाका सुनौलीको नौतुहवाको दुईबाट क्वारेन्टाइनमा मध्ये आज १ सय २ जनालाई नेपाल ल्याएर अहिले स्वस्थ्य परिक्षण शुरु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले रातोपाटीलाई बताए ।
उनीहरु स्वास्थ्य परिक्षण यदि कसैको समस्या देखिएका यहि राखेर उपचार गर्ने नदेखिएका घरमा पठाउने तयारी भइरहेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका र गुल्लीमा विभिन्न ठाउँका व्यतिहरु आएका छन् । अर्घाखाँचीको मालरानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य बस ल्याएर सिमा क्षेत्रमा पुगेका थिए ।
यसअधि दिल्लीको नोयडादेखि हिँडेर भारतीय सिमाना आइपुगेका नेपालीहरुले आफूहरु कोरोनाले भन्दा पनि अरु रोगले मर्ने डरमा रहेको बताउँदै उद्दारको माग गरेका छन् ।
नौतुनाको क्वारेन्टाइनमा अन्य रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, तनहुँ, नवलपरासी र अर्घाखाँचीका मानिसहरु रहेका छन् । प्रमुख जिल्ला अधिकारी पन्थले उनीहरुलाई घर पठाउने जिल्लाहरु समन्य भइसकेको बताए ।
अरुलाई पनि पालै पालै ल्याउने बताए । नैतुहवामा ३ सय ५५ जना नेपाली झन्डै एक महिनादेखी क्वारेन्टाइनमा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण