रोल्पा बम विस्फोट : १८ घण्टा बित्दा पनि उठ्न सकेन शव
बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका वाड नम्बर–७ का ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री सधैँझैँ बाख्रा चराउन भन्दै बिहीबार घरबाट निस्किए । उनीहरुसँगै थिए छिमेकी १३ वर्षीय गौरब नेपाली र १४ वर्षीय नोखीराम डाँगी ।
दिनभर बाख्रा सगै चलाएर घर फर्कदै थिए । फकदै गर्दा उनीहरुले बाटोमा बम भेटे । तर, अबोध बालबालिकाले त्यसलाई खैनौला ठाने । एक्कासी विष्फोट भयो । विस्फोटको आवाज यति ठूलो थियो, टाढासम्म स्थानीयले सुने ।
त्रसित बनेका स्थानीयहरु कहाँ के भयो भन्दै खोज्दै जादाँ गहुँबारी ४ जना बालबालिका मृत्त अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले रातोपाटीलाई बताए ।
जनप्रतिनिधि र प्रहरी पुग्दा नजिकै अर्को बम पनि फेला प-यो । सबै त्रसित र शोकमग्न बने । घटनास्थल नजिकै अर्को बम पनि फेला परेपछि मृतक बालबालिकाको शव घटनास्थलमै अझै रहेको छन् ।
विस्फोट नभएको बम समेत नजिकै फेला परेको त्यो बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन नसकिएको रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले रातोपाटीलाई जानकारी दिए । प्रहरीले घटनास्थल सिल गरिसकेको छ ।
माओवादी सशस्त्र युद्धका क्रममा घटना भएको रोल्पाको दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो । त्यही समयको बेवारिसे अवस्थामा फेला परेको बम गोठाला गएका बालबालिकाले खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । ठूलो आवाजसहित विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ को रहेको प्रहरीको भनाइ छ ।
यतिबेला सिंगो गाउँ शोकमा डुबेको छ । रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले सेनाले अर्को बम डिस्पोज नभएका कारणले शव अझै नउठाएको बताए । उनले रातोपाटीसग भने, ‘सेना पुगेको छ अर्को बम डिस्पोज भएपछि शव उठाउने छौँ ।
रोल्पाको पश्चिम क्षेत्रमा पर्ने त्रिवेणी गाउँपालिका वार्ड नम्वर ७ गौरीगाउँ रोल्पा जिल्लाको सदरमुकाम लिवाङभन्दा झन्डै ५० किलोमिटर दुरीमा पर्दछ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार यो क्षेत्र दाङ र सल्याडको सीमा क्षेत्रतिर पर्दछ ।
शोकमा गाउँ
बम विष्फोटमा चार अबोध बालबालिकाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ । ज्यान गुमाएका विमला र विजय खत्री दिदीभाइ हुन् । छिमेकी गाउँ त्रिवेणी–४ छेपगाउँबाट मामा घर आएका १३ वर्षिय गौरब नेपालीले ज्यान गुमाएका छन् । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले सिङ्गो गाउपालिका शोकमा रहेको रातोपाटीलाई बताए । प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगरले आफूहरु घटनास्थलतर्फ जादै गरेको बताए । प्रदेशका कानुन मन्त्री कुलप्रसाद केसी पनि गाउँमा आउदै गरेको रातोपाटीलाई बताए ।
बम विस्फोट भएको स्थानबाट अलि ढाटा दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । ०६२ साल ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगरका अनुसार सो भिडन्तमा नेपाली सेना र माओवादी लडाकु दुवै तर्फको क्षति भएको थियो । अहिले जुन बम भेटिएको त्यो चाहिँ अनुसन्धान विषय भएको उनले बताए । उनले भने, ‘उक्त बम द्वन्द्वमा नै छाडिएको हो अथवा अरु नै हो भनेर प्रहरीले अनुसन्धान पछि स्पष्ट पार्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण