मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन बन्नेछ: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन बन्नेमा आफू विश्वस्त भएको बताएका छन् ।
ट्रम्पले टेलिभिजन च्यानल फक्स न्यूजसँगको एक अन्तरवार्ताको क्रममा यसो भनेका हुन् । अन्तरवार्तामा उनले दर्शकले सोधेका थुप्रै प्रश्नको पनि जवाफ दिए ।
कोभिड–१९ भ्याक्सिनबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मलाई विश्वास छ कि यो वर्षको अन्त्यसम्म हामीले यसले भ्याक्सिन पाउनेछौं ।’
यसैवर्ष सेप्टेम्बरमा स्कूल खुल्ला गर्नेबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मलाई केही उमेरदार शिक्षकको चिन्ता छ जसलाई संक्रमणको अत्यधिक खतरा हुनसक्छ, तर स्कूल त खोल्नै पर्छ नि ।’
कोरोनाको विषयमा उनले डेमोक्रेटिक नेताको पनि आलोचना गरे र यो भाइरसका कारण स्थिती नराम्रो भए यो उनको राजनीतिक हितमा हुने बताए ।
उनले अन्तर्वार्ताको क्रममा हाइड्रोक्सिक्लोरोक्विनबारे पनि कुरा गर्दै भने, ‘जुन कम्पनीले यो औषधी बनाउँछ त्यसमा मेरो कम्पनीको सेयर छैन । त्यसकारण यसको प्रयोगमा कुनै हानी छैन । यसमार्फत् कम्तिमा मानिसहरुको मृत्यु त भइरहेको छैन ।’
कोरोनाभाइरसका लागि पहिले नै किन कदम उठाइएन भनेर ट्रम्पलाई अर्को एउटा प्रश्न पनि सोधियो ।
यसको जवाफमा ट्रम्पले भने, ‘गोप्य स्रोतले जनवरी २३ मा मलाई भाइरस आउन सक्छ है भनेर जानकारी दिएको थियो तर त्यतिबेला यो खासै महत्वपूर्ण थिएन ।’ साथै, उनले चीनबाट आवतजावत गर्ने उडानलाई आफूले पहिले नै रोकिदिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण