कोरोनाः अमेरिकाले तीन ट्रिलियन डलरको ऋण लिने
मङ्गलबार, २३ वैशाख २०७७, ०६ : ५६
कोरोनाभाइरसका कारण राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तीन ट्रिलियन डलर ऋण लिनुपर्ने स्थिती पैदा भएको बताएको छ ।
सन् २००८ को आर्थिक संकटको समयमा एक त्रैमासिकमा अमेरिकाले जति ऋण लिएको थियो अहिलेको रकम त्योभन्दा पाँच गुणा बढी छ ।
सरकारले यसको मञ्जुरी दिइसकेको छ । यी पैसा स्वास्थ्य सेवा, राहत प्याकेज र मानिसहरुलाई सिधै पैसा पठाउनका लागि प्रयोग गरिने बताइएको छ ।
अब अमेरिकामा कूल २५ ट्रिलियन डलरको ऋण लागेको छ ।
कोरोना महामारीसँग जुध्नका लागि दिइने आर्थिक प्याकेज अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण