कविता : जस्ताका छिद्रहरू
-साकारबाबु सुबेदी
खै, कसरी उदायौ भन्नु तिमी ?
बिम्बले धर्ती छोएकै देखिएन
उज्याला घाम छानाभन्दा माथि
नजरन्दाजमै दौडन्छन् सधैँ ।
एक घाम निरन्तर गिज्याउँछ,
जस्ताको सानो प्वालबाट ।
कतै निरन्तर निधारमाथि
तप्किएका पानीका थोपा पछि ।
मौसमले मनमा खेलेजस्तै
तिम्रो सत्ताले ममा खेल्दै छ
हुनु पर्ने भय हुन सकेन आज
अरू नै भयले जीवन हर्दै छ ।
आशाका साना बिम्बहरूले
जस्ताका साना छिद्रबाट
राहतको ठूलो सास फेर्ने
जीवन न हो, लालची बन्यो ।
वर्षातका हिलाम्य डगरहरूले
थकित यत्नहरू चिप्ल्याए झैँ
मेरा जीउने अनवरत परिश्रमहरू
पछारिदै छन्, एक पछि अर्काे हुँदै ।
तिमीले चलाएका द्वैद सत्तामा
म मेरो नगरिकता भिडाउँदै हेर्छु
कहीँ कतैको नहुने रहेछ पछौटे
परचक्री झैं दलीन टेक्न नपाउँदै
कसले कोर्यो विभाजित रेखाहरू ?
मेरा मतहरू त तिम्रै बाकसमा थिए
गन्तव्य, नटुङ्गिने नदीको पर्खाल बन्यो
तिम्रो सीमामा कहिले नभेटिने घाम जस्तै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण