कविता : जस्ताका छिद्रहरू
-साकारबाबु सुबेदी
खै, कसरी उदायौ भन्नु तिमी ?
बिम्बले धर्ती छोएकै देखिएन
उज्याला घाम छानाभन्दा माथि
नजरन्दाजमै दौडन्छन् सधैँ ।
एक घाम निरन्तर गिज्याउँछ,
जस्ताको सानो प्वालबाट ।
कतै निरन्तर निधारमाथि
तप्किएका पानीका थोपा पछि ।
मौसमले मनमा खेलेजस्तै
तिम्रो सत्ताले ममा खेल्दै छ
हुनु पर्ने भय हुन सकेन आज
अरू नै भयले जीवन हर्दै छ ।
आशाका साना बिम्बहरूले
जस्ताका साना छिद्रबाट
राहतको ठूलो सास फेर्ने
जीवन न हो, लालची बन्यो ।
वर्षातका हिलाम्य डगरहरूले
थकित यत्नहरू चिप्ल्याए झैँ
मेरा जीउने अनवरत परिश्रमहरू
पछारिदै छन्, एक पछि अर्काे हुँदै ।
तिमीले चलाएका द्वैद सत्तामा
म मेरो नगरिकता भिडाउँदै हेर्छु
कहीँ कतैको नहुने रहेछ पछौटे
परचक्री झैं दलीन टेक्न नपाउँदै
कसले कोर्यो विभाजित रेखाहरू ?
मेरा मतहरू त तिम्रै बाकसमा थिए
गन्तव्य, नटुङ्गिने नदीको पर्खाल बन्यो
तिम्रो सीमामा कहिले नभेटिने घाम जस्तै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण