राजेशपायललाई दिलायो लकडाउनले रेष्ट
काठमाडौं । लकडाउनले अधिकाँश नेपालीको जीवनशैली प्रभावित भएको छ । नेपाली सांगीतिक क्षेत्रका स्टार गायक राजेशपायल राईको दिनचर्चा पनि यो लकडाउनले केही फरक बनाएको छ ।
सधैं देशविदेशको सांगीतिक कार्यक्रमको दौडधुपमा रहने राई करिव २ महिनादेखि घरमा खुम्चिएर बसेका छन् । यो अवस्थामा उनले घरमा क्यान्डिक्रश गेम खेलेर समेत समय बिताउने गरेका छन् ।
हुन त उनी देशविदेशको कार्यक्रमको ब्यस्तताबाट केही आराम पनि चाहन्थे । यो हिसावले हेर्ने हो लकडाउनले उनलाई केही हदसम्म सहयोग गरेको छ ।
‘मलाई शारीरिक आराम चाँहिएको थियो । अहिले त्यो मिलेको छ’ राईले भने ‘कोरोनाको कारण धेरै आर्थिक क्षति पनि भएको छ ।’
युरोप लगायतका धेरै देशमा तय भएको आफ्नो कन्सर्ट कोरोनाको कारण रद्द भएको राईको भनाइ रहेको छ ।
राई वर्षभरिनै देशविदेशको कार्यक्रममा व्यस्त रहने गायक हुन् । नेपाली फिल्म तथा आधुनिक गीतमा समेत स्वर दिने गरेका राजेशलाई गीत गाउँन दिन धेरैले केही पहिनाको प्रतिक्षा समेत गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको कीर्तिमान तोड्ने दाउमा एम्बाप्पे
-
हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
-
विश्वव्यापी सांस्कृतिक उत्सव बनिरहेका खेलकुद प्रतियोगिता
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण